News

नेपालले २०२६ मा रूपान्तरणमुखी समावेशी शिक्षासम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

समावेशी शिक्षा नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा डिसेम्बर १ र २, २०२६ मा काठमाडौँ, नेपालमा रूपान्तरणकारी समावेशी शिक्षा सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन (TIE २०२६) हुने भएको छ ।

नेपालले २०२६ मा रूपान्तरणमुखी समावेशी शिक्षासम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने
June 25, 2026

काठमाडौं, जुन २५, २०२६

समावेशी शिक्षा नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा डिसेम्बर १ र २, २०२६ मा काठमाडौँ, नेपालमा रूपान्तरणकारी समावेशी शिक्षा सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन (TIE २०२६) हुने भएको छ । सम्मेलनले आज नेपाली शिक्षामा सबैभन्दा महत्त्वपूर्ण मध्यको एक रुपान्तरणको प्रश्नलाई सम्बोधन गर्न नेपाल र अन्तर्राष्ट्रिय स्तरका शिक्षकहरू, अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरू र अभ्यासकर्ताहरूलाई एकसाथ ल्याउने लक्ष्य राखेको छ ।

समावेशी शिक्षाको लागि नेपालको कानुनी ढाँचा दक्षिण एसियामा सबैभन्दा प्रगतिशील मध्ये एक मानिन्छ । नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रूपमा सुनिश्चित गर्नुको साथै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसँग सम्बन्धित ऐन मार्फत कुनै भेदभाव बिना सबैले शिक्षा पाउनु पर्ने समावेशी शिक्षाको अधिकारलाई प्रत्याभुति गरेको छ । साथै नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पनि पक्ष राष्ट्र हो । तथापि अपाङ्गता भएका र सीमान्तकृत समुदायका हजारौँ बालबालिकाहरूका लागि यी प्रतिबद्धताहरू वास्तविकतामा परिणत हुन सकेका छैनन् । यसै सन्दर्भलाई लिएर ‍यस सम्मेलन आयोजना गर्न लागिएको हो जसबाट शिक्षाको सन्दर्भमा बहिष्करणको जरा पत्ता लगाउने प्रयास हुनेछ ।

“हामीलाई नेपालमा समावेशी शिक्षाको बारेमा थप चेतना वा जागरूकता मात्रैले पुग्दैन,” समावेशी शिक्षा नेपालका संस्थापक राम तिवारीले भने । “यसको लागि हामीसँग चलायमान प्रणालीहरू चाहिन्छ र यो सम्मेलनले हाम्रा नीतिगत प्रतिबद्धताबाट अभ्यासमा र हाम्रा खण्डीकृत प्रयासहरूबाट सहकार्यात्मक राष्ट्रिय प्रणालीमा जानु पर्ने विषयको सघन विमर्श गर्ने छ ।”

यस रुपान्तरणमुखी समावेशी सम्मेलन २०२६ मा लगभग १०० विशिष्ट सहभागीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ जसमा समावेशी शिक्षाशास्त्र, सुरक्षा र बाल संरक्षण, सिकाइको लागि सर्वानुकुलित ढाँचा र राष्ट्रिय नीति सुधारलाई समेट्ने सत्रहरू समावेश हुनेछन्। सम्मेलन नेपालका विद्यालयहरू, सरकार र नागरिक समाजलाई सम्बोधन गरिएका प्रतिबद्धताहरू र साझा लक्ष्य सहित यो समाप्त हुनेछ । समावेशी शिक्षालाई एकल प्रयासको रूपमा नभई सरकार, विद्यालय, नागरिक समाज र समुदायहरूबीच समन्वयात्मक कार्य आवश्यक पर्ने राष्ट्रिय प्रणालीको लागि समावेशी शिक्षा नेपालको स्थापना भएको थियो । 

Found this event helpful?

Share it with others who might benefit from this information.